काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्धय एनपी साउद र नविन्द्रराज जोशीसंगै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा स्वर्णिम वाग्ले एकै फोरममा देखिने भएका छन् ।
जिपी कोइराला लोकतन्त्र सम्बर्धन केन्द्र साक्षात्कार शृंखला ६ अन्तर्गत मंगलबार हुन लागेको ‘बजेट बिश्लेषण’ मा चारै जनाले सहभागीता जनाउन लागेका हुन् ।
जुममार्फत उनीहरु जोडिन लागेका हुन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले उक्त विश्लेषणको सहजीकरण गर्दैछन् ।
जुममार्फत जोडिने उक्त कार्यक्रम अपरान्ह ४ देखि साँझ ६ बजेसम्म हुने भएको तिमल्सिनाले बताएका छन् ।