काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा बिकास देवकोटाले थपिएका कोरोना संक्रमितको पुष्टी गरेका हुन्।
थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । संक्रमितमध्ये २६६ जना कोरोना संक्रमणलाई जितेर घर फर्केको पनि देवकोटाले जानकारी दिए। जसमध्ये २१२ जना पुरुष र ५४ जना महिला छन् ।
आजसम्म ७५ हजार ३ सय ४३ जनाको पीसीआर बिधिबाट कोरोना परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।