कञ्चनपुर। सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी सीमान्त क्षेत्र पुनर्वासमा स्वास्थ्यकर्मी सहित ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
कैलालीको धनगढी प्रयोगशालमा नयाँ पुष्टि भएका १८ जना संक्रमितहरुसंगै सुदुरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरको पुर्नवासमा ६ जना र लालझाडी गाउँपालिकाका १ जना गरि ७ जनामा संक्रमण पुष्टि भएको पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक राम बहादुर धामीले बताए । संक्रमितमा ३६ बर्षीय स्वास्थ्यकर्मी समेत रहेका छन् ।
भारतबाट आएका नेपालीहरुको स्वाब संकलनसँगै क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य अवस्था हेर्दै आएका ति स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टी भएको हो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि पुर्नवासमा रहेको उनको मेडिकल समेत सिल गरिएको छ ।