काठमाडौं । रुकुम मुसिकोट नगरपालिका वडा १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको एक समूहले वडा नम्बर १४ मा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको छ ।
मंगलबार राति मदिरा सेवन गरी २०–२५ जनाको समूहमा रहेको केसीको टिमलाई लकडाउनको किन उल्लंघन गरेको भनी प्रहरीले रोक्न खोज्दा उनीहरु उल्टै प्रहरीमाथि जाइलागेका थिए ।
उक्त क्रममा उनीहरुले कार्यालयमा तोडफोड गरी अस्तव्यस्त बनाएका छन् । उक्त समयमा पोष्टमा सात जना प्रहरी रहेका थिए ।
केही प्रहरी घाइते भएको समेत बताइएको छ ।
जनप्रतिनिधि भए पनि केसी पटक पटक गुण्डागर्दीमा समावेश हुँदै आएका छन् । केसीले पूर्व गृहमन्त्री एवं नेकपाका पोलिटव्यूरो सदस्य जनार्दन शर्माको आडमा गुण्डागर्दी गर्दैै आएको दावी स्थानीयहरुको छ ।
प्रहरी कार्यालयमा आक्रमण र तोडफोड भएको पाएपछि रुकुम पश्चिमका डीएसपी ठगबहादुर केसीले जनपथ र सशस्त्रका थप सुरक्षाकर्मी घटनास्थलमा पठाएको बताएका छन् ।
घटनामा संलग्नहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।