कपिलवस्तु । कपिलवस्तु जिल्लामा थप ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । जो बुद्धभूमि नगरपालिकाका १ जना, यशोधरा गाउँपालिकाका २ जना र कृष्णनगर नगररपालिकाका ५ जना हुन् ।
यससंगै कपिलवस्तुमा निको हुनेको संख्या ३२ पुगेको छ ।
कपिलवस्तुमा ३९३ जना संक्रमितमध्ये ३२ जनालाई निको भएर घर फर्केका हुन् ।
मंगलबार थप ६० जना पोजेटिभ पुष्टि भएका थिए । मंगलबार राति शुद्धोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।
यसअघि दिउँसो ४ः३० बजे दिइएको जानकारी अनुसार कपिलवस्तुमा कोभिड १९ का थप ३२ जना पोजेटिभ पुष्टि गरिएको थियो ।
दिउँसो मायादेवी गाउँपालिका १० महिनाको बालकदेखि ८० बर्ष सम्मका ९ महिला र २३ पुरुषमा पोजेटीभ देखिएको थियो।