यस्तै पाल्हीनन्दन गाँउपालीकामा पुष्टि भएका ७ जना सबै पुरुष छन् । जस्मा वडा नम्बर ६ का २०,२१ र ३४ वर्षिय पुरुष तथा वडा नम्र ४ का २९ वर्षिय, वडा नम्बर ३ का ३४ वर्षिय, वडा नम्बर २ का २१ वर्षिय र वडा नम्बर १ का २५ वर्षिय व्यक्तिहरु रहेका छन् । प्रारम्भिक जानकारी अनुसार अधिकांश संक्रमित भारत मुम्बईबाट आएका थिए । पाल्हीनन्दनमा पाँच नम्बर वडा बाहेक सबै वडामा कोरोना पोजेटिभ भेटिएका हुन ।