arrow

ब्रजिलले फेरि जित्यो कोरोना संक्रमण र मृत्युमा अमेरिकालाई, रुस पछि पर्‍यो, यस्तो छ शीर्ष १० देशको आँकडा

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
corona-world.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले लगातार दोस्रो दिन पनि अमेरिकालाई जितेको छ । 

बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो । 

तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो । 

बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिनेको छ । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिएका छन् । 

अमेरिकामा भने २० हजार ५७८ जना संक्रमित थपिँदा १ हजार ८३ मृतक थपिएका छन् । 

रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ । रुसमा ८ हजार ५३६ जना संक्रमित थपिँदा १७८ जनाको मृत्यु थपिएको छ । 

भारत भने तेस्रो स्थानमा रह्यो । भारतमा ९ हजार ३३८ जना नयाँ संक्रमित थपिँदा २५९ जनाको ज्यान गएको छ । 

विश्वभर २४ घण्टामा १ लाख २१ हजार २८० जना संक्रमित थपिए भने ४ हजार ९२७ को ज्यान गयो । 

अमेरिकामा १९ लाख १ हजार ७८३ जना संक्रमितको संख्या पुगेको छ । १ लाख ९ हजार १४२ जनाको ज्यान गएको छ । 

ब्रजिलमा ५ लाख ८३ हजार ९८० जना संक्रमित हुँदा ३२ हजार ५४७ जनाको ज्यान गएको छ ।

तेस्रो रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित हुँदा ५ हजार २१५ को ज्यान गएको छ । 

चौथो स्पेनमा २ लाख ८७ हजार ४०६ जना संक्रमित हुँदा २७ हजार १२८ जनाको ज्यान गएको छ ।

पाँचौं स्थानको बेलायतमा २ लाख ७९ हजार ८५६ जना संक्रमित हुँदा ३९ हजार ७२८ जनाको ज्यान गएको छ । 

छैटौं स्थानको इटालीमा २ लाख ३३ हजार ८३६ जना संक्रमित हुँदा ३३ हजार ६०१ जनाको ज्यान गएको हो । 

सातौं स्थानको भारतमा २ लाख १६ हजार ८२४ जना संक्रमित हुँदा ६ हजार ८८ जनाको ज्यान गएको छ । 

आठौं जर्मनीमा १ लाख ८४ हजार ४२५ जना संक्रमित हुँदा मृतकको संख्या ८ हजार ६९९ पुगेको छ । 

नवौं स्थानको पेरुमा १ लाख ७८ हजार ९१४ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार ८९८ पुगेको छ । 

दशौं स्थानको टर्कीमा १ लाख ६६ हजार ४२२ जना संक्रमित हुँदा ४ हजार ६०९ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
नयाँ