मुगु । अन्ततः मुगुमा पनि कोरोना भाइरस छिरेको छ । देशका अब केही जिल्लामात्र बाँकी रहँदा मुगुमा पनि कोरोना भाइरस छिरेको हो ।
मुगुको खत्याड गाउँपालिका २ का एक २७ वर्षिय युवामा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
अन्य पनि बढ्न सक्ने भन्दै संक्रमितको सम्पर्कमा आएकाको ट्रयाकिङ गर्ने काम भइरहेको प्रतिष्ठानले जनाएको छ ।