arrow

कपिलवस्तुमा थप १२ कोरोना संक्रमित थपिए, पुगे ४१४

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ २२ बिहिबार
covid-test-positive-corona.jpg

तौलिहवा । कपिलवस्तु जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४१४ पुगेको छ । बिहीबार बिहान थप १२ जना पोजेटिभ पुष्टि भएसंगै संक्रमित ४१४ पुगेका हुन् । 

थपिएका संक्रमितमा एक महिला र ११ पुरुष हुन् । 

थपिएकामा बाडगंगा  नगरपालिका वाड नं १  वर्ष २१ का पुरुष १ जना, वाड नं २ का वर्ष ८ र २६ का महिला २ तथा वर्ष ३९ का पुरुष १, वाड नं ४ का वर्ष ३४ का पुरुष १ र वाड नं ७ का वर्ष  ३९ का पुरुष १ जना गरी ६ जना हुन् । 

त्यस्तै यशोधरा गाउँपालिका वाड नं ७ का बर्ष २२, २६, ३०, ३६ ,४२ र ४८ वर्षका ६ जना पुरुषहरु रहेको स्वास्थ कार्यालय कपिलवस्तुले बताएको छ । 

उनीहरुको स्वास्थ्य सामान्य रहेको पनि बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ