काठमाडौं। पेमेन्ट सर्विस फोनपेले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड ’पीसीआइ डिएसएस भि थ्रिटुवान प्रमाणीकरण प्राप्त गरेको जनाएको छ। यस मापदण्डले प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको प्रमाणित गरेको कम्पनीले जनाएको छ।
भुक्तान कार्ड उद्योग डाटा सुरक्षा भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड द् अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरुको सेट हो। जहाँ कम्पनीले पीसीआइद्धारा उल्लेख गरिएका मापदण्डहरू पुरा गर्नुपर्दछ। यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाहरुको सुरक्षा र भुक्तानीमा हुने फ्रड कार्यलाई रोक्ने बताइएको छ।
टेक्नोलाजी विक्रेताहरूका लागि पीसीआइ डिएसएस स्तर प्रमाणिकरण प्राप्त गर्नका लागि पीसीआइ मापदण्ड अनुसार आफ्नो टेक्नोलोजी, नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चित गर्न विस्तृत अडिट हुन्छ। फोनपेले पनि पूर्ण अडिट पछि यो पीसीआई डिएसएस अनुरुप रहेको पुष्टि गर्दै प्रमाणिकरण प्राप्त गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।
फोनपेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने “फोन पे नेपालमा यस किसिमको प्रमाणिकरण प्राप्त गर्ने गैर कार्ड आधारित पहिलो पिएसओ हो। यसले पीसीआइ डिएसएस अनुपालन गर्नका लागि आफैले आफैलाई प्रश्नावली गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ।‘
सिसा विश्वव्यापीका संस्थापक तथा सिइओ धर्सन शान्तमुर्तिले भने ‘पीसीआइ डिएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रुपमा माइलस्टोन प्राप्त गर्न सफल भएकोमा फोनपे टिमलाई बधाई छ। सेलपेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनिकरण गर्नका लागि आधार खडा गरेको छ। जब संस्थाहरु आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागी खर्च गर्छन्, हामी भन्दछौ की उनीहरुले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन्। पीसीआई डिएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सु्रक्षा सुनिश्चित गरेको छ।