काठमाडौं। सत्तामा बसेकाहरुले राष्ट्रिय झण्डा बिटुलो बनाएको बिरोधमा झण्डा धुने कार्यक्रम राखिएको छ। स्वतन्त्र राष्ट्रिय अभियान नेपाल केन्द्रीय संयोजन समितिका तर्फबाट स्वागत नेपालले सत्तामा रहेर झण्डालाई बिटुलो बनाउँदा पनि अझै प्रयोग गरिराख्को भन्दै झण्डा धुने कार्यक्रम राखिएको बताए।
शान्तिपूर्ण रुपमा गरिने सबैभन्दा कठोर कार्यक्रमको रुपमा झण्डा धुने कार्यक्रम रहेको जनाउँदै उनले नेपालको झण्डालाई चोखै देख्न चाहनेहरु यो राष्ट्रवादी आन्दोलनमा जोडिन सक्ने बताए।
झण्डा धुने कार्यक्रम विहिवार माइतीघर मण्डलामा राखिएको जनाउँदै उनले त्यहाँ आउन नसक्नेहरुले घरघरमै पनि झण्डा धोएको तस्विर, भिडियो खिची सामाजिक संजालमा पोष्ट गरि आन्दोलनमा सहभागी हुन सक्ने बताए।
झण्डाको अपमान गर्ने र झण्डालाई गद्धारी गर्नेहरु बिरुद्धको यो आन्दोलन शान्तिपूर्ण रुपमा हुने उनले बताए।
नेपाली अनुहारका विदेशी एजेण्टले बिटुलो बनाएकोले राष्ट्रिय झण्डा धुने ऐतिहासिक सांकेतिक र सबैभन्दा शक्तिशाली विरोध प्रदर्शन गर्न लागेको उल्लेख गर्दै नेपालले एमसीसी पास गर्न नहुने र बजेटबाट एमसीसी खारेजीको माग गरेका हुन्।