मुगु। देशभरका ७७ जिल्लाहरु मध्य ६१ जिल्लाहरुमा कारोना संक्रमण देखिंदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टी भएको छ ।
जिल्लाको खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ बर्षिय युवाको विहिवार विहान कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्यावमा स्वाव पिसिआर परिक्षण गर्दा पोजेटिप रिपोट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगरकोटीले जानकारी गराएका छन् ।
संक्रमित युवा खत्याड गाँउपालिकाले स्थापना गरेको हलेखाड क्वारेन्टाईनमा बस्दै आएका थिए ।
कोरोना संक्रमित युवालाई विहिबारै रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसनमा वार्डमा राखिएको छ भने निजको स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताईएको छ ।
हलेखाडा त्यहि क्वारेँटाईन हो जहाँ भारतबाट आएका ४८ जनालाई तरकारी फलाउन प्रयोग गरिने ग्रिनहाउसको पाल टाँगेर राखिएको छ ।
जिल्लाका रहेका चारवटा स्थानिय तहहरु मध्य सबै भन्दा बढी भारतबाट सोहि गाँउपालिकाका स्थानियहरु भित्रिएपछि सरोकारवालाहरुले यो गाँउपालिका कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको बताउदै आएका थिए ।
संक्रमित रहेको क्वारेन्टाईनमा रहेका अन्य ४७ जनाको १ हप्तापछि आरडिटी परिक्ष्ण गरेर मात्र घर पठाउने र जुम्लामा पिसिआर परिक्षणका लागी लोड बढी भएकाले एक हप्तासम्म भिटिएम नपठाउनु भनेकाले भारतबाट आएका तथा अन्यको एक हप्तासम्म स्वाव संकलन नगरिने पनि डाक्टर नगरकोटिले बताए ।
बुधबारसम्म २७८ कोरोना संक्रमित पुगेको कणाली प्रदेशमा मुगुमा थपिएको एक जना सहित २७९ भएका छन ।