कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप १७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४३१ पुगेको छ । १७ जना पोजेटिभ पुष्टि भएका सबै पुरुष रहेका छन् ।
कृष्णनगर नगरपालिका वडा न ३ का १९,२३ बर्षका पुरुष २ जना, वडा न ६ का १८,२३,२८,५०,५२ बर्षका पुरुष ५ जना, वडा न ७ का १९ बर्षका पुरुष १ जना, वडा न १० का १७,१८,२२,२३,२८,३०,३२,४० बर्ष का पुरुष ८ र वडा न ११ का ३६ बर्षका पुरुष १ जना गरि कुल १७ जना रहेको स्वास्थ कार्यलय ,कपिलवस्तुले जनाएको छ ।