काठमाडौं । कोरोना भाइरस संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले लगातार तेस्रो दिन पनि अमेरिकालाई जितेको छ ।
शुक्रबार ब्रजिलमा ३१ हजार ८९० जना संक्रमित थपिएका छन् । दोस्रो स्थानको अमेरिकामा २२ हजार २६८ जना थपिएका छन् । बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो ।
तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो ।
बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिनेको छ । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिएका छन् ।
रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ । रुसमा ८ हजार ३३१ जना संक्रमित थपिँदा १६९ जनाको मृत्यु थपिएको छ ।
भारत भने तेस्रो स्थानमा रह्यो । भारतमा अहिलेसम्मकै बढी १० हजार ३३८ जना नयाँ संक्रमित थपिँदा २५९ जनाको ज्यान गएको छ ।
मृत्युमा शुक्रबार बिहानसम्म सबैभन्दा बढी १ हजार ४९२ जना ब्रजिलमा ज्यान गएको छ ।
मेक्सिको दोस्रो स्थानमा रहेको छ । मेक्सिकोमा एकाएक मृत्युसंख्या बढेर १ हजार ९२ पुगेको छ । विश्वमा संक्रमितको हिसाबले १४ औं स्थानमा रहेको मेक्सिकोमा १ लाख १ हजार २३८ जना संक्रमित छन् । तर २४ घण्टामा संक्रमितको संख्या ३ हजार ९१२ बढेको छ ।
समग्रमा विश्वमा २४ घण्टामा १ लाख २९ हजार ९९० जना संक्रमित हुँदा ५ हजार ४९९ मृतक थपिएका छन् ।हालसम्म विश्वमा ६६ लाख ९२ हजार ६८६ जना संक्रमित हुँदा ३ लाख ९२ हजार २८६ जनाको ज्यान गएको छ । अहिलेसम्म ३२ लाख ३० हजार ७४७ जनालाई निको भएको छ ।
संक्रमणमा दोस्रो स्थानको ब्रजिलमा ६ लाख १५ हजार ८७० जना संक्रमित हुँदा ३१ हजार ८९० जनाको ज्यान गएको छ ।
तेस्रो रुसमा ४ लाख ४१ हजार १०८ जना संक्रमित हुँदा ५ हजार ३८४ को ज्यान गएको छ ।
चौथो स्पेनमा २ लाख ८७ हजार ७४० जना संक्रमित हुँदा २७ हजार १३३ जनाको ज्यान गएको छ ।
पाँचौं स्थानको बेलायतमा २ लाख ८१ हजार ६६१ जना संक्रमित हुँदा ३९ हजार ९०४ जनाको ज्यान गएको छ ।
छैटौं स्थानको इटालीमा २ लाख ३४ हजार १३ जना संक्रमित हुँदा ३३ हजार ६८९ जनाको ज्यान गएको हो ।
सातौं स्थानको भारतमा २ लाख २६ हजार ७१३ जना संक्रमित हुँदा ६ हजार ३६३ जनाको ज्यान गएको छ ।
आठौं जर्मनीमा १ लाख ८४ हजार ९२३जना संक्रमित हुँदा मृतकको संख्या ८ हजार ७३६ पुगेको छ ।
नवौं स्थानको पेरुमा १ लाख ८३ हजार १९८ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ५ हजार ३१ पुगेको छ ।
दशौं स्थानको टर्कीमा १ लाख ६७ हजार ९८८ जना संक्रमित हुँदा ४ हजार ६३० जनाको ज्यान गएको छ ।