नेपालगञ्ज । बाँकेको एक गाउँपालिकामा बिहीबार एकै दिन ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
जानकी गाउँपालिकामा पहिलोपटक एकैचोटी ४० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नेपालगञ्जको वडा नम्बर १२ र १५ मा क्रमशः ३५ र २० बर्षका दुई जना पुरुषमा संक्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा जानकीको वडा नम्बर १ का १५ देखि ३२ बर्षका ४० जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
अब बाँकेमा यो संगै कोरोना संक्रमितको संख्या २ सय ५५ पुगेको छ । २९ जना उपचारपछि घर फर्किंदा एकजनाको भने मृत्यु भइसकेको छ ।
नरैनापुरमा १ सय १८, जानकी ४०, नेपालगञ्ज ३३, राप्तीसोनारी २६, डुडुवा २५, बैजनाथ ८ र खजुरामा ५ जनामा संक्रमण देखिएको छ ।
कोहलपुरमा अहिलेसम्म संक्रमण देखिएको छैन ।