arrow

गोकुल बास्कोटाको दोस्रो रुपः दिउँसो दिउँसो राष्ट्रवादी राती राती लैनचौरवादी

तत्कालिन माओवादीले भारतबिरुद्ध सुरुङ युद्ध गर्ने घोषणा गर्दा रअका अधिकारीसँग सम्पर्क रहेजस्तै बास्कोटाको व्यवहार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
gokul-baskota-bijaya-mohan-.gif

काठमाडौं। केहि दिन अघी संसदको रोष्ट्रममै उभिएर सांसद प्रकाश स्नेहीले एउटा प्रवृतीको खुलेरै आलोचना गरे। राष्ट्रवादका नाममा नेपाली नागरिकहरुलाई भ्रममा राख्नेहरुबाट खतरा रहेको औंल्याउँदै स्नेहीले त्यसको कटु आलोचना समेत गरे। 

स्नेहीले राष्ट्रियतामाथि कतै खतरा छ भने त्यो दिउँसो दिउँसो राष्ट्रवादी हुने र राती राती लैनचौरवादी हुनेहरुबाट खतरा रहेको औंल्याए। लैनचौर अर्थात भारतीय दुतावाससँग सत्तारुढ दलका नेताहरुको सम्वन्धप्रति लक्षित स्नेहीको अभिव्यक्ति एक हप्ता नभइ पुष्टी भयो। 

सत्तरी करोड कमिसन काण्डमा परेर मन्त्रीपदबाट राजीनामा दिन वाध्य भएपनि अझै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको वालकोटस्थित नीजि निवासमा रहँदै आएका गोकुल वास्कोटा राती राती लैनचौरवादी बन्दै गरेको रुपमा प्रकट भए। 

समाजवादी पार्टीका सांसद ‘अपहरण’ मा समेत प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुसार टीम परिचालन गरेका वास्कोटा अहिले पनि उनको विश्वासपात्रकै रुपमा काम गरिरहेको छन् भन्ने देखिएको हो। यसको लागि उनले भारतीय दुतावासमा राती राती भेटघाट समेत गरेको कुरा सार्वजनिक भएपछि ड्यामेज कन्ट्रोलमा लागेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘विषेश दूत’ बनेर भारतीय राजदुत विनयमोहन क्वात्रासँग भेट गर्न गएका बास्कोटाले दिउँसो भारतका बिरुद्ध जतिसुकै चर्का कुरा गरेपनि रात पर्न नपाउँदै भारतीय दुतावास छिरेपछि उनीसँगै उनी उनी सम्वद्ध नेकपा र सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीको दोहोरो चरित्र समेत उदांगो भएको छ।   

आइतबार साँझ बाँस्कोटा भारतीय राजदुतसँग भेट गर्न लैनचौरस्थित दूतावासमा गएको स्रोतको दाबी छ। स्रोतका अनुसार आइतबार साँझ ७ बजेर १० मिनेटमा दुतावासभित्र प्रवेश गरेका बाँस्कोटा साढे आठ बजेतिर मात्रै त्यहाँबाट बाहिरिएका थिए।

बास्कोटा र भारतीय राजदुतबीच राजदुतको निवासमा छलफल भएको थियो। सुरुमा भारतीय दुतावासका केही कर्मचारीसहित सामूहिक छलफलपछि बाँस्कोटा र राजदुत क्वात्राबीच मात्रै एक घण्टा एक्लाएक्लै छलफल भएको थियो।

भेटमा भएको छलफलको विषयमा भारतीय दुवातास र बाँस्कोटाले औपचारिक रुपमा खुलाएका छैनन। तर क्वात्रासँग भेटको बारेमा ढीलोगरि बाँस्कोटाले स्वीकार गरेका छन्। उनले सीमा विवादका विषयमा भारतसँग वार्ता गर्ने नीति अनुसार नै भेट गरिएको बताए। तत्कालिन माओवादीले भारतसँग सुरुङ युद्ध गर्ने सार्वजनिक घोषणा गरेकै बेला भारतीय गुप्तचर संस्थाका अधिकारीहरुसँग सम्पर्कमा रहेर दोहोरो भूमिका खेले झै यो पटक केपी शर्मा नेतृत्वको सरकार र नेकपाले पनि सोहि दोहोरो मापदण्ड देखाएको छ।  

सीमा विवादसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिका कारण चिसिएको नेपाल र भारतको सम्वन्ध सुधार्न प्रधानमन्त्री ओली सक्रिय देखिएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मनाउन आफ्नो सन्देश भारतीय संस्थापन पक्षमार्फत समेत पठाएको स्रोतको दावी छ। उनले भारतीय गुप्तचर संस्था रअ का प्रमुख सहित आरएसएसका जिम्मेवार व्यक्तिमार्फत मोदीसँग सन्देश पुर्‍याउन खोजिरहेका छन्। 

केहि दिन अघीको सर्वदलीय वैठकमा समेत ओलीले मोदीसँग सम्पर्क गर्न खोजेको जानकारी दिएका थिए। उनले सो वैठकमा भारतीय समकक्षी मोदीसँग संवाद गर्न खोजेपनि उहाँ व्यस्त भएको कारण सम्भव नभएपनि चाँडै वार्ता हुने बताएका थिए। 

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन कुराकानी गर्ने पहल प्रधानमन्त्री ओलीका तर्फबाट भएपनि त्यसलाई भारतीय पक्षले अस्वीकार गरेपछि प्रधानमन्त्री ओलीले मोदीको सम्पर्क सुत्रहरु खोज्दै दूतमार्फत सम्बन्ध सुधार गर्ने प्रयास थालेका हुन्।

भारतबाट आएको कोरोना भाइरस कडा भएको भारतीय राष्ट्रिय प्रतिकमाथि टिप्पणी गरेको विषयमा भारतीय पक्ष रुष्ट भएको भारतीय मिडियाको प्रस्तुतीले समेत देखाउँछ। नेपालमा प्रधानमन्त्री सहित सबै राजनीतिक दलहरुले सीमाको बारेमा अभिव्यक्ति दिदा भारतीय प्रधानमन्त्रीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन।

नेपाल र भारतबीच सम्वन्ध चिसिएको बेला नेपालका सुरक्षा निकायहरुले पनि यो भेटलाई नजिकबाट नियालेको नेपाली सेनाको जासुसी विभाग डाइरेक्टोरेट अफ मिलिट्री इन्टेलिजेन्स डीएमआईमा पनि यसको रिपोर्टीङ भएबाट देखिएको छ। 

दुई देशबीच सम्वन्ध चिसइ रहेका बेला नेपाल सरकारले आफ्ना निशाना छापमा नयाँ नक्सा समावेश गर्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ। उक्त प्रस्तावमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय गरिसकेका छन्। 



लोकप्रिय समाचार
नयाँ