काठमाडौं। कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लक डाउन लगाएपछि दैनिक काम गरि रोजीरोटी जुटाउनेहरु र असक्त व्यक्तिहरुसँगै असहाय व्यक्तिको सहारा बनेर अहोरात्र खटिएका रामेछापको मन्थली नगरपालिका ४ सालुका प्रदिप घिमिरे प्रशंसा बटुलिरहेका छन्।
घिमिरेले धेरै ठाउँमा असहाय व्यक्तिहरुलाई खानाको व्यवस्था गरेर धेरैका मन जितेका छन्। चैत १६ गतेदेखि संयूक्त अपाङ्ग एकता आवाज गोकर्णबाट सुरु भएको उनको सहयोगको शिलसिला अझै जारी छ।
गोकर्णको त्यो संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ४८ जना अनाथ बालबालिकाहरु भोको पेट भर्न उनले ८ बोरा चामल, एक बोरा चिउरा, दश केजी रातो दाल, १० केजी कालो दाल, क्वाँटी ५ केजी, नून १० केजी, ५ लिटर तेल, ५ केजी चिनी, १ केजी जिरालगायतका खाद्य सामग्री दिए।
घिमिरेले चैत्र १९ गते जोरपाटीको अत्तरखेलस्थित बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसनमा आश्रित २५ जना टुहुराहरुको लागि पाँच बोरा चामल, एक बोरा चिउरा, १० किलो दाल १० किलो रातो दाल, १० किलो कालो दाल, चना ५ किलो, नून ५ किलो, तेल १ काटुन, चिनी ५ किलो, जिरा १ किलो, धनियाँ १ किलो, मेथी १ किलो, आँटा पिठो ५ किलो पुर्याए।
दुई ठाउँमा रहेका असहायहरुलाई सहयोग गरेपछि खुशी भएका घिमिरेले फेरि चैत्र २१ गते सूर्यविनायक नगरपालिकामा रहेका १५ परिवार गलैचा बुन्ने मजदुरलाई १५ बोरा, दाल ३० किलो, चिनी १५ किलो, तेल १५ लिटर, चना १५ किलो, केराउ १५ किलो, नून १५ किलो, चिउरा १५ किलो लगायतका खाद्यान्न सामग्रीहरु लगेर दिए।
उनले भृकुटी मण्डपमा दुईजना अपाङ्गगता भएका ब्यक्तिलाई एक बोरा चामल, दुई किलो दाल, एक किलो चिनी, तेललगायतका खाद्य सामाग्री दिए। उनले वागमती किनारको सुकुम्वासी बस्ती, भक्तपुरको सानो ठिमीमा ३ जना दृष्टिबीहिन, जाजरकोट र बाजुरा घर भई काठमाडौंको ढल्कुमा डेरा लिई बस्ने ३० जना जसमा २ जना अपाङ्गसमेतलाई खाद्यान्न सहयोग गरे।
त्यसयता पनि उनले विभिन्न ठाउँमा रहेका असहाय व्यक्तिहरु, शव जलाउने लगायतलाई पनि खाना खुवाउने र खाद्यान्न वितरणको काम गर्दै आएका छन्। अहिलेसम्म ५५ दिनमा ११ हजार भन्दा बढीलाई खाना समेत खुवाई सकेको घिमिरेले बताएका छन्।
असहायहरुलाई सेवा गर्दा पाउँने आनन्दका लागि आफू सेवामा जुटिरहेको घिमिरेले बताए।