बेलबारी। मोरङको बेलबारी १ स्थित लोहन्द्रा खोला बगरको घारीमा भेटिएको मानव कंकाल केराबारी ९ का सुरेन्द्र मगरको रहेको पुष्टी भएको छ ।
बुधबार बेलबारीका स्थानीयले खोला बगरमा मानव कंकाल भेटिएको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उक्त मानव कंकाललाई पोष्टमार्टम गर्नको लागि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार मानव कंकालको छेउमा निलो रंगको घुडामा दुलो भएको जिन्स पेन्ट, कलरमा सेतो धर्का भएको भेष्ट भेटिएपछि त्यसैलाई आधार मानि परिवारले सनाखत गरेको हो।
जेठ ७ गतेदेखी हराईरहेका १५ वर्षिय सुरेन्द्र मगरको परिवारले सनाखत गरेपनि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको उक्त कंकालको पोष्ट मार्टम गर्न बाँकि रहेको बेलबारी प्रहरीले जनाएको छ ।