arrow

डडेल्धुरामा थप पाँच संक्रमित

logo
टेकराज अवस्थी,
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-virus.jpg

डडेल्धुरा। भारतबाट आएका डडेल्धुराका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। गन्यापधुरा गाउँपालिकाका-५ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

गन्यापधुरा गाउँपालिका वडा नं.१ का २ जना र २ का ३ जना पुरुषमा कोरोना देखिएको कार्यालयले जनाएको छ। उनीहरु वडा नम्बर २ ले बनाएका क्वारेन्टाइनमा बस्दै आएका छन। भारतबाट आएर क्वारेन्टाइनमा बसेहरुमा कोरोना पोजेटिभ आएको हो। गन्यापधुराले आफै भिटीएम खरिद गरेर ६३ जनाको नमुना कोरोना परिक्षणका लागि धनगढी पठाएकोमा ५ जनामा पिसीआर पोजेटीभ देखिएको स्रोतले जनाएको छ।

यो संगै डडेल्धुरामा संक्रमितको संख्या ६ पुगेको छ। पहिलो संक्रमित भनिएका एक जना निको भइ घर फर्किसकेका छन। डडेल्धरामै आरडिटी पोजेटिभको संख्या सय भन्दा बढी रहेको छ। उनीहरुको कोरोना परिक्षण भएको छैन।
 



लोकप्रिय समाचार
नयाँ