नेपालगन्ज । बाँकेमा शनिवार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका १२ जना सहित बर्दियाका २८ जनालाई कोरोना संक्रमण देखिएको भेरी अस्पतालले जानकारी दिएको छ।
बाँके र वर्दियामा थप चालिस जनामा कोरोना संक्रमण देखिएको हो
संक्रमितहरु मध्ये ३ जना महिला रहेको र बाँकी सबै पुरुष रहेका छन् । कोरोना संक्रमित ३ बर्षका बालकदेखि ६० बर्षसम्म रहेका छन् ।