arrow

कपिलवस्तुमा दिउँसो ३ वजेसम्म ४८ थपिदा कोरोना संक्रमितको संख्या पुग्यो ५२३

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-nepal-health.jpg

कपिलवस्तु। कपिलवस्तुमा कोभिड १९का थप ३९ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५२३ पुगेको छ ।

महाराजगन्ज नगरपालिकाका बर्ष ४ देखि ४६ सम्मका ३१ पुरुष र बर्ष ६ देखि ५५ सम्मका ६ महिला गरि ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

यसैगरि यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २५ की एक महिला र बर्ष २५ का १ पुरुषलाई पनि कोरोना संक्रमण भएको हो। 

सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ। 

विहान र दिउँसोको परिक्षण गरि शनिवार अपरान्ह ३ वजेसम्म ४८ नयाँ कोरोना संक्रमित थपिएका हुन्। 



लोकप्रिय समाचार
नयाँ