लण्डन। बेलायतमा शनिवारसम्ममा ४० हजार ४६५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले शनिबार जानकारी गराएको छ। विगत २४ घण्टामा थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको बेलायतले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ।