बेलबारी। मोरङ केराबारी १० की बिन्दा बिश्वकर्मा आफ्नै परिवारको निर्घात कुटाईबाट अस्पतालको आईसियुमा छटपटाईरहेकी छिन्। सोहि वडाबाट निर्वाचित दलित महिला सदस्य धन माया विश्वकर्माकी बुहारी बिन्दा यस अघिपनि परिवारबाट पटक पटक यातना भोग्दै आईरहेकी थिईन्।
१२ वर्षको कलिलो उमेरमा करीव ११ बर्षअघि सपन विश्वकर्मासंग प्रेम बिबाहमा बाधिएकी बिन्दाका एक छोरा र एक छोरि रहेका छन्। बिन्दालाई श्रीमानले पटक पटक शारिरिक र मानसिक यातना दिदै आएका छन्। यस अघिपनि पटक पटक प्रहरी चौकिमा, स्थानीय निकायमा र बुद्दिजिविको समाज राखेर मेलमिलाप कागज समेत गरेका थिए। तर शुक्रबार पुन श्रीमानबाट पिटिएको माईतिका छिमेकी प्रेम ठकुरीले बताए।
ठकुरीका अनुसार हाल नोबेल मेडिकल हल बिराटनगरमा उपचाररत विन्दाको घाँटि र छातिमा गहिरो चोट लागेको छ। घरमा बस्न नदिएका कारण माइतिमा बस्दै आयकी उनि शुक्रबार छोरा-छोरिको आग्रहमा घर गएकी थिइन। घर पुगेकी उनले माय ममता पाउनुको साटो उल्टै जिबन मरणको दोसाधमा अस्पतालको आईसियु कक्षमा पुग्नेगरी यातना खेप्नुपर्यो।
श्रीमतीलाई निर्घात कुटपिट पछि श्रीमान सपन विश्कर्मा हाल फरार रहेको र उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यलय केरावारीका प्रमुख खड्ग बहादुर राईले बताए। पिडित बिन्दाले बारम्बार कुटाइ खादा र यातना पाइरहदा समेत समाजका अगुवा दलित महिलाको प्रतिनिधित्व गर्दै आएकी सासु धनमाया बिश्वकर्माले आफ्नै परिवारमा महिलाले शोसण र यातना भोग्नु परेको भन्दै स्थानीयले उनको आलोचना समेत गर्न थालेका छन्।