बाँकेमा शनिवार ४ जनाले कोरोनालाई जितेर फर्किए घर, अहिलेसम्म ४५ जना भए निको
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ २४ शनिबार
63
Shares
नेपालगन्ज । बाँकेमा आज कोरोना निको भएर ४ जना घर फर्किएका छन् ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा रहेका नेपालगञ्जका २ र नरैनापुरका २ जना डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कोरोना जित्नेमा पत्रकार, नर्स र प्रहरी समेत छन् । कोरोना जित्ने नेपालगञ्जका पत्रकार र नर्स श्रीमान श्रीमती हुन् ।
नरैनापुरको कालाफाँटा प्रहरी चौकीमा कार्यरत गुल्मीका प्रहरी पनि कोरानामुक्त भएका छन् ।
त्यस्तै नरैनापुरकै अर्की एक महिला पनि कोरोना संक्रमणबाट निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनीहरु सबै १५ देखि १७ औं दिनमा डिस्चार्ज भएका हुन् ।
बाँकेमा हालसम्म ४५ जना निको भएर डिस्चार्ज भएका हुन् । कुल संक्रमितको संख्या २ सय ६७ पुग्दा एकजनाको भने मृत्यु भइसकेको छ ।