काठमाडौं । कोरोना भाइरस संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्रजिलले लगातार पाँचौं दिन पनि अमेरिकालाई जितेको छ ।
आइतबार ब्रजिलमा २७ हजार ५८१ जना नयाँ संक्रमित थपिँदा अमेरिकामा २२ हजार ८३६ ३१ हजार ८९० जना संक्रमित थपिएका छन् ।
शनिबार ब्रजिलमा ३० हजार १३६ संक्रमित थपिँदा १००८ मृतक थपिए । दोस्रो स्थानको अमेरिकामा २५ हजार ३९३ संक्रमित थपिँदा ९७५ मृतक थपिए ।
बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो ।
तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो ।
बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिन्यो । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिए ।
रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ । रुसमा ८ हजार ७२६ जना संक्रमित थपिँदा १४४ जनाको मृत्यु थपिएको छ ।
भारत भने तेस्रो स्थानमा रह्यो । भारतमा अहिलेसम्मकै बढी १० हजार ५२१ जना नयाँ संक्रमित थपिँदा २९७ जनाको ज्यान गएको छ ।
मृत्युमा आइतबार बिहानसम्म सबैभन्दा बढी ९१० जनाको ब्रजिलमा ज्यान गएको छ । अमेरिकामा ७०६ को ज्यान जाँदा तेस्रो स्थानमा मेक्सिको रह्यो ।
मेक्सिकोमा ६२५ को ज्यान गयो । संक्रमित ४ हजार ३४६ थपिए ।
समग्रमा विश्वमा २४ घण्टामा १ लाख २६ हजार ७१५ जना संक्रमित हुँदा ४ हजार १७७ मृतक थपिएका छन् ।
हालसम्म विश्वमा ६९ लाख ६७ हजार ३६ जना संक्रमित हुँदा ४ लाख १ हजार ६२३ जनाको ज्यान गएको छ । अहिलेसम्म ३४ लाख ७ हजार ८२२ जनालाई निको भएको छ ।
अहिलेसम्म अमेरिकामा १९ लाख ८८ हजार ५४४ संक्रमित हुँदा १ लाख १२ हजार ९६ को मृत्यु भएको छ ।
दोस्रो ब्रजिलमा ६ लाख ७३ हजार ५८७ जना संक्रमित हुँदा ३५ हजार ९५७ जनाको ज्यान गएको छ ।