काठमाडौं । चीनको वुहानबाट गत जनवरीदेखि देखिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । आइतबार बिहानसम्म ४ लाख १ हजार ९७८ जनाको ज्यान गइसकेको छ ।
अहिलेसम्म ६९ लाख ७० हजार ९४३ जना संक्रमित भएका छन् । निको हुनेको संख्या ३४ लाखअ ११ हजार ७७ पुगेको छ ।
सबैभन्दा बढी अमेरिकामा १ लाख १२ हजार ९६, दोस्रो बेलायतमा ४० हजार ४६५, तेस्रो ब्रजिलमा ३५ हजार ९५७, चौथो इटालीमा ३३ हजार ८४६, पाँचौं फ्रान्समा २९ हजार १४२ जनाको ज्यान गएको छ ।
छैटौं स्पेनमा २७ हजार १३५, सातौं मेक्सिकोमा १३ हजार ५११, आठौं बेल्जियममा ९ हजार ५८०, नवौं जर्मनीमा ८ हजार ७६९, दशौं इरानमा ८ हजार २०९, ११ औं क्यानाडामा ७ हजार ७७३ र १२ औं भारतमा ६ हजार ९४६ जनाको ज्यान गएको छ ।