arrow

बर्दिया प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
Bardiya_District.png

राजापुर । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । 

उनी दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पु-याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई  काठमाडौंँबाट ल्याएका थिए ।

सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए ।

चालकलाई गुलरियास्थित जिल्ला समन्वयको सभाकक्षको आइसोलेशनमा राखिएको छ ।

यहाँ थप १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ । अन्यको आइतबार स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिप्रकाका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखी कार्यालयको आन्तरिक काम सञ्चालन गरिने तर कार्यालय बन्द नगरिने  प्रशासकीय अधिकृत अधिकारीले बताए ।



लोकप्रिय समाचार
नयाँ