नेपालगन्ज। बाँकेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।
यो संगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ। ५० जना निको भएर घर फर्किँदा १ जनाको मृत्यु भैसकेको छ। आज मात्रै दाङबाट नरैनापुरका ५ जना निको भएर घर फर्केका छन्। भेरी अस्पतालका अनुसार आज गरिएको परिक्षणमा रोल्पाका २ र बर्दियाका १ जनामा पनि संक्रमण देखिएको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ५ का २० र २७ वर्षीय पुरुष तथा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।