arrow

कोरोना : विदेशमा १२५ नेपालीको मृत्यु, संक्रमण घट्यो

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
dead2.jpg

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ ।

शनिबार साँझसम्म  विदेशमा १२५ जनाको सो संक्रमणबाट  मृत्यु भएको र  पाँच हजार ५९० जना संक्रमण मुक्त भएका छन् । संक्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।

एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार  गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक-एक गरी ६ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ ।  सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक उनका अनुसार विदेशमा  १४ हजार ४५४ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ ।  एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताए ।

सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ ।  विदेशबाट नेपाल फर्किन लागेका  अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ ।

उनले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ