काठमाडौं। सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि संचार मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाले अघोषित रुपमा अझै पनि मन्त्रालय चलाउने गरेको त्यहाँ कार्यरत कर्मचारीहरुले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको कृपा पाएसँगै उनकै बालकोटस्थित निवासमै बस्दै आएका बास्कोटा अझै पनि संचार मन्त्रालयमा हावी रहको मन्त्रालयको कर्मचारीहरुले बताएका छन्। बास्कोटा मन्त्रालयमा हावी रहेको उनीहरुले अनेक प्रमाणहरु समेत दिएका छन्।
गोकुल बास्कोटाका गृह जिल्लाका दयाराम दाहाल नै चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन्। निज दाहाललाई नियुक्त गर्न मापदण्ड नै परिवर्तन गरिएको थियो। साविकमा मान्यता प्राप्त विश्वविद्यालबाट स्नातक उतिर्ण गरी चलचित्रको क्षेत्रमा कम्तिमा १० वर्ष अनुभव हासिल गरेको व्यक्ति मात्र बोर्डको अध्यक्ष बन्न पाउने व्यवस्था विपरित दाहालकै लागि मन्त्रि बास्कोटाले मापदण्ड नै परिवर्तन गराइदिए।
मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाण पत्र तह उतिर्ण गरी चलचित्र क्षेत्रमा कम्तिमा २० वर्षको अनुभव हासिल भएको हुनुपर्ने भनी संशोधन गरेर दाहाललाई वोर्डमा उनले लगेका थिए। दाहाल बास्कोटाका यति निकट हुन कि निजलाई नै चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्तिको समयमा स्थान रिक्त नहुँदै अग्रिम नियुक्त गरी स्थान सुरक्षित गरिएको थियो।
बास्कोटाको सचिवालयका कार्यरत एक कर्मचारीले काभ्रे जिल्लामा २ हजार वाट क्षमतामा फ्रिक्वेन्सी माग गरेका थिए। उनका सचिवालय सदस्यले माग गरे बमोजिमकै फ्रिक्वेन्सी दिन मन्त्रालयका प्राविधिकहरुलाई बास्कोटाले व्यापक दवाव दिएका थिए।
मन्त्री पदबाट हटे पनि बास्कोटाका निकटहरुले बास्कोटा फेरि मन्त्री हुने भन्दै धक्काउने गरेका मन्त्रालयका कर्मचारीहरु गुनासो गर्छन। बास्कोटा निकट व्यक्तिले खोल्न प्रस्ताव गरेको रेडियो सेलरोटी मिडिया प्रा.लि.रेडियो दुई हजार वाटको हो । प्राविधिकहरुले काभ्रेमा २ हजार त के ५ सय वाट पनि फ्रिक्वेन्सी दिन नसकिने जानकारी गराउँदा जुधे जुधोस भन्दै फ्रिक्वेन्सी उपलब्ध गराउन दवाव दिएका थिए।
मन्त्री बास्कोटा समेतको लगानी रहेको तथा साविकमा संचालक समितिमा रहि काम गरेको काभ्रेको रेडियो प्राइम एफएमलाई अरु रेडियोको फ्रिक्वेन्सीमा असर पर्ने गरी १ हजार वाटमा क्षमता विस्तार पनि बास्कोटाकै दवावमा भएको मन्त्रालय स्रोतले जनाएको छ।
ललितपुरको चापाकोटमा रहेको रेडियो ललितपुरलाई फ्रिक्वेन्सी जुध्ने प्राविधिकहरुको राय विपरित स्थानान्तरण गरेको पनि मन्त्रालयले स्रोतले जानकारी दिएको छ। जसको कारण काठमाडौंका अन्य रेडियोमा असर पर्ने गरेको समेत देखिएको छ।
बास्कोटाले राजीनामा दिए पनि उनले नै अगाडी बढाएका योजना तथा कार्यक्रमहरुले नै यो नीति तथा योजना र वजेटमा निरन्तरता पाइ रहेको मात्र नभइ नीति तथा कार्यक्रम र बजेटमा पनि उनले भने अनुसारकै कार्यक्रम र वजेट परेको पनि मन्त्रालय स्रोतले बताएको छ।
बास्कोटाका गृह जिल्लाका उपसचिव शिव त्रिपाठी, सहसचिव राधिका अर्यालले पूर्व मन्त्रीकै इच्छा अनुसार खटन पटनमा अझै पनि काम गरी रहेको मन्त्रालय स्रोत बताउँछ। बास्कोटाले आफ्ना आलोचक र युनियन निकटहरुलाई खोजी खोजी खोजी विभिन्न वहाना र आरोप लगाउदै मन्त्रालयबाट पन्छाउने काममा सहयोग गरी रहेको एक कर्मचारीले बताए।