काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । सोमबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा समेत पुगेको छ ।
भारतमा सोमबार बिहान एकैदिन १० हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । यो सबैभन्दा बढी हो । यसअघि आइतबार बिहान १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका थिए । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।
त्यस्तै मृतक २४ घण्टामा २६१ जना थपिएका छन् । यसअघि आइतबार अहिलेसम्मकै बढी २९७ जना थपिएका थिए । शनिबार २९६ जना थपिएका थिए ।
अहिलेसम्म भारतमा संक्रमितको संख्या २ लाख ५७ हजार ४८६ पुगेको छ । मृतकको संख्या ७ हजार २०७ पुगेको छ ।
संक्रमित बढिरहे पनि निको हुनेको संख्या समेत बढ्दै गएको छ । सोमबार ५ हजार १९१ जना डिस्चार्ज भएका छन् । आइतबार ५ हजार ४९० जना डिस्चार्ज भएका थिए । जुन अहिलेसम्मकै उच्च हो । अहिलेसम्म १ लाख २३ हजार ८४८ जना डिस्चार्ज भएका छन् ।
यो दर निकै राम्रो हो ।
संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।
कुन ठाउँमा सबैभन्दा बढी प्रभावित
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा ३ हजार ७ जना संक्रमित बढ्दा ८५ हजार ९७५ पुगेका छन् । २४ घण्टामा बढेको यो सबैभन्दा बढी हो । त्यस्तै मृतक ९१ बढेर ३ हजार ६० पुगेका छन् ।
तमिलनाडुमा १ हजार ५१५ जना बढेर ३१ हजार ६६७ जना संक्रमित हुँदा मृतक २७२, दिल्लीमा १ हजार २८२ जना बढेर २८ हजार ९३६ जना संक्रमित हुँदा मृतक ८१२, गुजरातमा ४८० बढेर २० हजार ९७ जना संक्रमित हुँदा १ हजार २४९ को ज्यान गएको छ ।