काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले लकडाउन लम्बिदै गर्दा कोरोना भाइरस संक्रमितको संख्या बढ्नु दुःखद भएको बताएकी छिन् ।
अन्य देशमा लकडाउन पछि संक्रमण घटे पनि नेपालमा भने अबस्था फरक रहेको बताउँदै उनले भनिन, ‘भारतसंग सिमा जोडिएका क्षेत्रमा अवस्था खतरा मुक्त छैन । प्रदेश सरकारको सक्रियता छैन । हरेक प्रदेशमा सुविधा सम्पन्न होटलहरु छन् ती होटललाई व्यवस्थित किसिमले क्वारेन्टिन बनाउने तर्फ सरकारले चासो दिएन ।’
‘कोभिड–१९ को प्रभाव, यसपछिको आर्थिक र सामाजिक विश्व सन्दर्भ’ विषयक डिजिटल संवादमा आफ्ना भनाई राख्दै नेतृ कोइरालाले खर्च कटौति गरेर औषधी उपचार र परिक्षणमा सरकारले चासो दिनुपर्नेमा जोड दिइन् ।
अवस्था भयाबह हुन नदिन स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन सरकारसंग उनले माग गरेकी छिन् । सरकारले देखाएको १० अर्बको खर्च कहाँ भयो ? त्यसको स्वेत पत्र जारी गर्नुपर्छ भन्दै नागरिकलाई गोठमा राखेर यत्रो खर्च देखाउनु भनेको जनताको कर माथिको दुरुपयोग हो भन्दै नेतृ कोइरालाले तमाम नागरिक समाज र नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई नागरिकको दुःखमा साथ दिन अपिल गरेकी छिन् ।
केन्द्रिय सदस्य जीवन परियार ले सरकारले मुर्दामा राजनीति र कात्रोमा कमिसन खोजेको भन्दै रुकुमको जातिय हिंसाले मानव सभ्यतालाई लज्जित गरेको बताउँदै त्यो कलंकित अपराधलाई ढाकछोप नगर्न भने ।
कार्यक्रम संयोजक तथा कांग्रेस महासमिति सदस्य नेतृ रिता खनालले विदेशमा पनि नेपाली अपहेलित हुनुपर्ने र आज स्वदेशमा आउँदा पनि सरकारको अपहेलना खेप्नु पर्ने यस्तो किन भईरहेको छ भन्दै सरकारलाई प्रश्न गरेकी छिन् । यस्तो जटिल अवस्थामा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार रहेको खनालको टिप्पणी छ ।
अस्ट्रेलियामा रहेका ओसियाना समितिका सल्लाहकार डा राजु अधिकारीले कोरोनाले अर्थतन्त्रमा पारेको असरलाई कम गर्न निजी क्षेत्र र कृषिलाई विशेष ध्यानमा राखेर कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएका छन् ।
डिजिटल संवादमा आफ्ना भनाई राख्दै डा डिल्ली बन्जाडेले कोरोना नियन्त्रणाका लागि अहिलेको अबस्थामा टेष्ट र ट्रेसिङ नै पहिलो र प्रभावकारी उपाय भएको बताएका छन् । उनले भने, ‘कोभिडको त्रास संगसंगै समुदायमा अन्य बिरामीहरु पनि छन् । कतै उनीहरुका उपचारमा पनि समस्या भएको छ कि यसतर्फ पनि विचार गर्नुपर्छ । कोरोनाले मानसिक डर त्रास बढेको छ । उनीहरुको मानसिक स्वास्थ्यमा पनि सरकारको ध्यान पुगोस् ।’
नेपाल सरकारका कर्मचारी ,शिक्षक लगायत स्वयम्सेवकहरुलाई तालिम दिएर मनोसामाजिक परामर्शका लागि खटाउन पनि डा बन्जाडेले सरकारलाई सुझाव दिएका छन् । कोराना पछिको विश्व व्यवस्था र पद्धतिमै फेरबदल आउने बताउँदै डा देवराज पौडेलले अबका शैक्षिक कार्यक्रम र व्यवसायलाई डिजिटल मैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।
केहि खर्चिलो जस्तो देखिए पनि दीर्घकालमा प्रभावकारी माध्यमको रुपमा रहेको ओपन युनिर्भसिटी कन्सेप्टलाई नेपालले अनुसरण गर्न सक्छ। सिटीइभीटीका तालिमहरु प्रभावकारी बनाउदै त्यसबाट प्रयाप्त रोजगार सृजना गर्न सकिन्छ । बिदेशबाट फर्केने नेपालीहरुलाई स्वरोजगार बनाउनु पनि सरकारको दायित्व भित्र रहन्छ । त्यस्तै एसिया प्यासिफिक संयोजक सुर्दशन थापा मगरले कोरोना उपचारमा सरकार उदासीन देखिएको आरोप लगाएका छन् ।
विदेशबाट फर्केका युवालाई उनीहरुको सिप र क्षमताका आधारमा रोजगारी दिन सके बेरोजगारी घटाउन सकिने दक्षिणकोरिया संयोजक डा।अग्नीराज कोइरालाले सरकारलाई सुझाव दिएका छन् ।
मानसिक स्वास्थ्यका क्षेत्रमा धेरै असर पर्ने संक्ने जोखिमका बारेमा संकेत गर्दै क्यानडा संयोजक तुलसी पौडेलले यो महामारी नागरिक को लागि भोकमरी र काल बनेर आएको छ भने सरकारको लागि भ्रस्टाचारको उर्बर समय बनेको बताएका छन ।
उनले सन्सारभरबाट रेमिटान्स पठाउने नागरिकहरु आज खाडीका देशमा अलपत्र परेर मेरो देशमा जान पाउँ भन्दा सरकारले जिम्मेवारी होइन घृणा गरेको छ भन्दै नागरिकको विचलन र कष्टमा काम नलागेको सरकार कसको हो र कस्का लागि हो भनेर प्रश्न गरेका छन् ।
उनले कोरोना पछाडिको अवस्थामा सरकारको कुनै सोच र योजना नहुनु दुर्भाग्य भन्दै सबै नागरिक समाजलाई सरकारको गैरजिम्मेवारी रबैयाको दरो र खरो प्रतिकार गर्नुपर्ने बताएका छन् ।
कोरोनाका बारेमा आम समुदायलाई प्रभावकारी सूचना दिन सरकार चुकेको भन्दै ओसियाना संयोजक रमेश छतकुलीले ‘जनताको भोको पेट र स्वास्थ्यमाथि अत्यन्तै खेलबाड गरेको छ । अष्ट्रेलिया सरकार जनतालाई मुटुमा राखेर महामारी बिरुद्द योजना बनाउँछ भने नेपाल सरकार सत्ताकब्जा र स्वस्थ्य क्षेत्रमासमेत कमिसन खोज्नु भनेको सरकार ले नागरिक हेप्नु को पराकाष्ठा भएको बताउँदै अब नागरिक तह बाट नै बिद्रोह को ज्वाला उठने बताए ।
उनले जनता जगाउने अभियान मा लाग्नुपर्ने बताए । त्यस्तै भारत संयोजक डोलराज भण्डारीले भारतमा रहेका नेपालीमाथि सरकारले तल्लो स्तरको व्यवहार गरेको र तिनलाई सीमा नजिक पुग्दा पनिआफ्नो देश जान नदिएर भारतीयहरुको पोल्टामा सुम्पिएर अभिभावक र राष्ट्रियताविहीन बनाएर भेँडा बाख्रा जस्तो व्यवहार गरेको र भारतका विभिन्न ठाउँबाट आएकोलाई एकै ठाउँमा राखेर कोरोनाको संक्रमण बढाएको बताउँदै नेपालमा पनि जनावरलाई जस्तो व्यवहार गरेको आरोप लगाए । उनले यो सरकार भ्रस्टाचारमा लिप्त भएको बताए ।
क्यानाडाबाट बिद्याभूषण कार्कीलगायतले कोरोना संक्रमणलाई सामान्य ढंगबाट लिनु भन्दा पनि परीक्षणलाई व्यापक बनाउन सरकारलाई सुझाव दिएका छन् ।
बागमती प्रदेशले आयोजना गरेको डिजिटल संवादमा आसियानाको सह–आयोजन रहेको थियो भने प्राविधिक संयोजन नवराज भट्टराईले गरेका थिए।