पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा ५० बेडको आइसोलेशन निर्माण कार्य तिब्र रुपमा जारी छ । रामपुर नगरपालिका र निस्दी गाउपालिकाले मिलेर शहिद बहुमुखी क्याम्पस किसानबारीमा आइसोलेशन तयार गरिरहेका छन् । ५० बेडको निर्माण गर्ने आइसोलेशन बेडमा चार दिनमा २५ बेड तयार भएको छ । जिल्लाका १० पालिका मिलेर पायक पर्ने पाल्पाका ३ स्थानमा सुबिधायुक्त आइसोलेशन निर्माण गर्ने निर्णय अनुरुप पालिका लागेका छन् ।
रामपुरमा बन्ने आइसोलेशन कक्षको रामपुर नगरपालिका नगरप्रमुख र निस्दी गाउपालिकाका अध्यक्ष सहितको टोलीले अनुगमन गरेर अत्यावश्यक सेवा थप गर्न, आबश्यक सामाग्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यबस्थापनका बिषयमा चुस्तदुरुस्त बन्न बनाउन सबैको आबश्यक रहेको बताएका थिए । आइसोलेशन बेड निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ भने सुरक्षामा नेपाल प्रहरी पनि खटिएको छ । हाल रामपुर नगरपालिकामा २ जना र निस्दी गाउपालिकामा २ जना कोरोना पोजेटिभ छन् । निस्दीको तानसेनमा बनेको आइसोलेशनमा लगिएको छ भने अन्य २ जना रामपुरको सितारम माबी मा नै छन् ।
आइसोलेशन निर्माण गर्ने निर्णय भएकै फिन पोजेटिभ रिपोर्ट देखिएका कारण बिरामीलाई तानसेनको आइसोलेशनमा लैजान पहल गरेपनी जिल्लामा ल्याउन नसकिने तानसेनको ४ पालिकाको मात्र तानसेनमा राख्ने भनिएपछी निर्माणलाई तिब्र बनाइएको नगरप्रमुख रमण बहादुर थापाले बताए । उनीहरुको अबस्था अहिले सामान्य छ । प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा सुरक्षा निकाय,प्रशासन, सर्बदलिय,स्वास्थ्यकर्मी सहितको टोलीले आइसोलेशन कक्ष व्यबस्थापनमा लागेको हो । सेनाले निर्माणलाई प्राथमिकता दिएको छ । क्याम्पसलाई बसाइ स्थलको रुपमा बनाउन लाग्दा र संक्रमित मानिस राखिसकेपछी आउजाउ नगरिने हुदा छोटो समयमा नयाँ स्थानमा व्यबस्थापन गर्न समस्या हुने सिकाई संगै कामलाई तिब्र बनाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।
२५ बेड क्षमताको आईसोलेसन कक्षमा रामपुर र निस्दिका कोभिड-१९ संक्रमितलाई राखि उपचार गरिने छ । जहाँ नेपाली सेनाले सुरक्षाको जिम्मा लिने छ । नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक निरन्तर त्यही रहनेछन् । जहाँ २४ शै घण्टा इन्टरनेट,सिसिटिभी क्यामेरा, सहित एक कोठामा ४ देखि ६ जना सम्म राख्न मिल्ने गरि आइसोलेशन निर्माण गरिएको नगर स्वास्थ्य संयोजक तिर्थ प्रसाद ढुंगानाले बताए । कोठा अनुसार फरक- फरक शौचालय, महिलाका लागि स्थायी भवनको बाथरुम र शौचालय सहित व्यबस्थित रुपमा आइसोलेशन बन्दैछ । बाकी बेड क्याम्पसको अन्य ब्लकमा निर्माण गरिदै लगिने निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए ।