जलेश्वर । महोत्तरी गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको छ ।
यही जेठ ६ गते भारतको हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको थियो ।
मण्डलको सोमबार मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना संक्रमणले नभई कालगतिले भएको बताए ।