arrow

दम्पतीसहित १८ संक्रमित

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
corona-hospital1.jpg

राजापुर । बर्दियामा सोमबार एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिका मधुवन र  बारबर्दियाका दुईदुई, ठाकुरबाबाका तीन र बाँसगढीका नौ गरी १८  कोरोना संक्रमित थपिएका छन् ।

 बारबर्दियामा पहिलो पटक कोरोना संक्रमित हुने श्रीमान् र श्रीमती भएको बताइएको छ  । बारबर्दिया –७ रम्मापुरका ३४ वर्षीय र ३३ वर्षीया दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए  । 

सुदूरपश्चिम प्रदेशको गौरीफन्टा नाकाबाट उनीहरु १६ दिनअघि भारतको राजस्थानबाट घर फर्केका थिए । 

उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । कोरोना परीक्षण गरेर घर फर्काउने बेलामा रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमित दम्पतीलाई जयनगरस्थित आइसोलेशनमा राखिने नगर प्रमुख थारुले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ