arrow

नाबालकसहित आठमा संक्रमण

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
covid-test-corona.jpg

दाङ । दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ संक्रमित भेटिएका छन् ।  प्युठान नगरपालिकाका  आठ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये वडा नं २ का तीन र  वडा नं ३ का पाँच जना छन् । संक्रमित दुई वर्षीय बालक तथा १५, १६, १७, १८,१८,३२ र ३६ वर्षीय पुरुष छन् । 
     
यही जेठ ६ गते आएका  गढवा गाउँपालिकाका दुई जनामा जेठ १५ गते पिसिआर पोजेटिभ देखिएपछि खोजी गरिएकामा प्युठान नगरपालिकाका सँगै आएका दुईसहित ३३ जनाको पिसिआर परीक्षणमा सोमबार आठ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।
 
भारतका चेन्नेइ, चण्डिगढ र जालन्धरबाट आएका उनीहरुलाई कृष्णनगरबाट प्युठान – ३ स्थित सरस्वती प्राविको क्वारेन्टाइनमा राखिको थियो । उनीहरु क्वारेन्टाइनको सम्पर्कमा आएपछि  पोजेटिभ देखिएको प्रमुख सुवेदीले बताए । गढवामा पोजेटिभ देखिएकासँगै आएका ३१ मध्ये प्युठान नगरपालिकाका दुई तथा गाउँपालिका मल्लरानीका चार र सरुमारानीका २५  छन् । तीमध्ये सरुमारानीका एक जनामा आइतबार कोरोना पुष्टि भएको उनले बताए ।  

उनीहरुसँंगै आएका सरुमारानीका १९ वर्षीय पुरुषमा आइतबार कोरोना पुष्टि भएपछि सोमबार सोमबार आइसोलेशन अस्पताल दाङ पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् । 



लोकप्रिय समाचार
नयाँ