काठमाडौं । कोरोना भाइरस संक्रमणमा २४ घण्टाको अवधिमा अमेरिका फेरि अगाडि रहेको छ । लगातार पाँच दिन ब्रजिलले जितिरहेको अवस्थामा त्यसपछि लगातार दोस्रो दिन अमेरिका अगाडि लागेको हो ।
तर तुलनात्मक रुपमा दुवै देशमा कोरोनाका नयाँ संक्रमित भने घटेका छन् ।
मंगलबार बिहानसम्म अमेरिकामा १९ हजार ४४ संक्रमित थपिए । जबकि सोमबार बिहानसम्म १८ हजार ९०५ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै ब्रजिलमा १८ हजार ९२५ संक्रमित थपिएका छन् । जबकि अघिल्लो दिन १८ हजार ३७५ जना थपिएका थिए । यसअघि आइतबार ब्रजिलमा २७ हजार ५८१ जना नयाँ संक्रमित थपिँदा अमेरिकामा २२ हजार ८३६ ३१ हजार ८९० जना संक्रमित थपिएका थिए ।
शनिबार ब्रजिलमा ३० हजार १३६ संक्रमित थपिँदा १००८ मृतक थपिए । दोस्रो स्थानको अमेरिकामा २५ हजार ३९३ संक्रमित थपिँदा ९७५ मृतक थपिए ।
बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो ।
तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो ।
बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिन्यो । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिए ।
मंगलबार बिहानको २४ घण्टामा अमेरिकामा ५८६ जनाको ज्यान जाँदा ब्रजिलमा ८१३ ले ज्यान गुमाए ।
समग्रमा अमेरिकामा २० लाख २६ हजार ४९३ जना संक्रमित हुँदा मृतक १ लाख १३ हजार ५५ पुगेका छन् । ब्रजिलमा ७ लाख १० हजार ९२५ जना संक्रमित पुग्दा ३७ हजर ३१२ जनाको ज्यान गएको छ ।
तेस्रो स्थानको रुसमा नयाँ ८ हजार ९८५ जना थपिएर संक्रमित ४ लाख ७६ हजार ६५८ पुगेका छन् । मृतक ५ हजार ९७१ पुगेका छन् ।
भारतमा नयाँ ८ हजार ४४२ थपिएर संक्रमितको संख्या २ लाख ६५ हजार ९२८ पुगेको छ । मृतक संख्या २६६ थपिएर ७ हजार ४७३ पुगेको छ ।
समग्रमा विश्वमा २४ घण्टामा १ लाख ७ हजार २७० संक्रमित थपिँदा ३ हजार १५७ को गयो ज्यान । अघिल्लो दिन १ लाख १३ हजार ९० जना संक्रमित थपिँदा ३ हजार ३८२ जनाको ज्यान गएको थियो ।
हालसम्म विश्वमा ७१ लाख ८९ हजार ८६८ जना संक्रमित हुँदा ४ लाख ८ हजार २४० जनाको ज्यान गएको छ । अहिलेसम्म ३५ लाख ३२ हजार २२४ जनालाई निको भएको छ ।