काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ६५ हजार ९२८ पुगेको छ । २४ घण्टाको अवधिमा ८ हजार ४४४ संक्रमित भएका छन् ।
विगतका केही दिनका तुलनामा संक्रमितमा कमी आएको हो । त्यसैगरी ७ हजार ४७३ जनाको ज्यान गएको छ ।
२४ घण्टामा १४ राज्यमा २६६ जनाको ज्यान गएको छ । हाल १ लाख २९ हजार ३४५ जनामा कोरोना रहेको छ भने १ लाख २९ हजार ९५ जनालाई उपचारपछि निको भएको छ ।
गएको २४ घण्टामा ५ हजार २४७ जनालाई निको भएको छ ।
गएको २४ घण्टामा कहाँ कतिको गयो ज्यान ?
महाराष्ट्रमा १०९, तमिलनाडुमा १७, दिल्लीमा ६२, गुजरातमा ३१, उत्तर प्रदेशमा ८, राजस्थानमा ६, मध्यप्रदेशमा २, वेष्ट बंगालमा ४०५, कर्नाटकमा ३, बिहारमा १, हरियानामा ११, जम्मुकश्मीरमा ४, पंजाबमा २ र केरलामा १ जनाको ज्यान गएको छ ।