बुटवल । रुपन्देही जिल्लामा एक जनाले पाँच साथीहरुको सामूहिक हत्या गरेको खुलेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा सोमबार राति उनीहरुको सामूहिक हत्या भएको हो ।
मृतकहरुको पहिचान गर्ने क्रममा रहेको प्रहरीले बताएको छ । हत्याका अभियोगीलाई पक्राउ गरिएको मंगलापुर प्रहरी कार्यालयले बताएको छ ।
गाई र भैँसी फार्ममा काम गर्नेले उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ । हत्या किन भयो भन्ने खुलेको छैन ।
प्रहरीले सोधपुछ जारी रहेको बताएको छ । मृतकमा एक महिला र चार पुरुष हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।