arrow

एकैपटक ३१ कोरोना संक्रमित पुष्टि भएपछि सन्धिखर्क नगरपालिका कार्यालय बन्द

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
arghakhachi_district_map.png

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका पदाधिकारीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय मंगलबारदेखि बन्द हुने भएको छ ।

नगरपालिकामा कायर्रत कर्मचारीको मंगलबार स्वाब संकलन गरी परिक्षणका लागि पठाइने र पिसिआर रिपोर्ट नआउँदासम्म सेवा सञ्चालन बन्द गरिने भएको छ । 

यस्तै नगरपालिकामा पछिल्ला १० दिनसम्म नियमित कामकाजमा खटिएका सम्पूर्ण कर्मचारीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको छ । 

पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालयको सम्पूर्ण कामकाज तथा सेवा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 



लोकप्रिय समाचार
नयाँ