दार्चुला । दार्चुलामा थप १ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा मंगलवार १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।
जिल्लाको लेकम गाउँपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको उहाले बताए । यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । मंगलवार मात्रै पहिलो कोरोना संक्रमित १३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
धनगढी प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । उता प्रदेश ५ मा पनि अछामकी एक महिलामा आज नै कोरोना पुष्टि भएको थियो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या १५८ पुगेको छ ।