काठमाडौं। कोरोनाको माहामारीले विश्वभर त्राास सृजना गररहेको बेला सरकार भने रोकथाममा लापरवाही गरिरहेको बिरोधमा प्रधानमन्त्री निवास वालुवाटार अगाडी प्रदर्शन भएको छ।
केहिबेर शन्तिपूर्ण रुपमा गरिएको प्रदर्शनलाई प्रहरीले धरपकड गरि विथोलेको छ। सरकारको कमजोर, लाचारी र लापर्वाहीले झन धेरै संख्यामा देशमा कोरोना संक्रमित बढिरहेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।
कुनै निश्चित राजनीतिक आस्था, सामाजिक संस्था वा व्यापार व्यवसायको प्रतिनिधित्व नगर्ने यूवाहरुको समुहले युवाहरुको एकिकृत मुदाहलाई बहिरो बनेर बसेको सरकारको कानसम्म पुयाउने प्रयास गरेको रोविक उपाध्यायले जानकारी दिए।
सामाजिक दुरी कायम गर्दै युवाहरुले बिहान १० बजे देखी १२ बजे सम्मको निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री निवास बालुवाटार अगाढी शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
निषेधित क्षेत्रमा जाने आफूहरुको कुनै प्रयास नभएपनि साँढे ११ बजेतिर बल प्रयोग गरेर हटाउन खोदा नमानेपछ प्रहरीले अन्धाधुन्द रुपमा लाठी चार्ज गरेको अभियन्ता उपाध्यायले बताए।
प्रदर्शनकारीहरुलाई हटाउने क्रममा प्रहरीले पानीको फोहोराले हानेको, जथाभावी लात्ताले हान्ने समको ज्यादती भएको पनि उनले बताए।
प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरि कैयन प्रदर्शनकारीहरुलाई घाइते बनाएको र १० जनालाई गिरफ्तार पनि गरिएको अर्की अभियन्ता सब्रिना डंगोलले जानकारी दिइन।
प्रदर्शनकारीहरुले चाँडो भदा चाँडो पीसीआर टेस्टिङ बढाउनु पर्ने, आरडीटी अविलम्ब रोक्नु पर्ने, स्वास्थ्य क्षमता बृद्धी गर्ने, भेन्टिलेटरको संख्या बढाउनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको उचित व्यवस्था मिलाई पीपीई आवश्यक मात्रामा उपलव्ध गराउनुपर्ने, अलपत्र परेकाश्रमिक वर्ग र आप्रवासीको तुरुन्त व्यवस्थापन गरिनुपर्ने माग राखेर शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकार कठोर बनेको डंगोलले बताइन।
बिदेशबाट आउने नेपालीहको सहज र सुरक्षित रुपमा परिक्षण गरे क्वारेन्टीनको व्यवस्था मिलाउनु पर्ने, राहात तथा माहामारी व्यवस्थापनको लागी छुट्टयाइएको रकम र यसको खर्च व्यवस्थापनमा पारदर्शीता हुनुपर्ने र आवयक परेको ठाउँमा पारदर्शी रुपमा खर्च र वितरण गर्नु पर्ने माग मेत राखिएकव उनले बताइन।
थुप्रै नेपालले कोरोनाले भन्दा सरकारको लापर्वाहीले ज्यान गुमाईरहे तथा चाँडो भन्दा चाँडो उचित कदम नलिएमा थप धेरैको संख्यामा नेपालीले ज्यान गुमाउनु पर्ने खतरा औंल्याउँदै सो समूहले त्यसको जिम्मेवार सरकार हुने चेतावनी दिदै आफ्नो अभियान जारी रहने बताएको छ।