कांग्रेस नेता पौडेलद्वारा गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
77
Shares
बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्। कोरोना भाईरसको संक्रमण बृद्धि भएको बेला आफ्नो जिल्लामा केही सहयोग गरौं भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको पौडेलले बताए ।
स्टार फाउण्डेशनको आर्थिक सहयोगमा प्रत्येक वडाका लागी २ सय ५० थान सर्जिकल मास्क, १० थान केएन ९० माक्स, दुई सय थान ग्लोब्स, दुई लिटर सानिटाईजर र १/१ थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री वडा कार्यालयले आवश्यकता अनुसार स्वास्थ्य संस्था र क्यारेन्टिन व्यवस्थापनका निम्ती प्रयोग गर्नेछ ।
स्वास्थ्य सामाग्री अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठक र पैयुँपाटाका कार्यबहाक वडा अध्यक्ष एकनाथ रेग्मीलाई हस्तान्तरण गरिएको थियो । बरिष्ठ शिक्षा प्रेमी एवं समाजसेवीको रुपमा परिचित स्व. हेमराज शर्मा पौडेल जिल्लाकै सामाजिक अभियान्त थिए । उनको तेस्रो बार्षिकी पुण्य तिथिको अवसरमा छोरा किरणराज पौडेलले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । स्व. शर्माको नाममा हेमराज प्रतिष्ठान समेत रहेको छ । प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्दै आएको छ ।
विपदको बेलाको सानो सहयोगले पनि ठुलो राहत पुगेको बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठक पाठकले बताए । स्व.हेमराज शर्मा पौडेल यस क्षेत्रको बरिष्ठ शिक्षा प्रेमी एवं समाजसेवी हुनुहुन्थ्यो । पाठकले भने’ ‘उहाँको सम्झनामा किरणजी सहयोगी हात लिएर आउनुभएको छ । उहाँलाई हामी वडाबासीको तर्फदेखी हार्दिक कृतज्ञता प्रकट गर्दछौं । उनले विपदको बेलाको सहयोगलाई जनताले कहिलै नभुल्ने बताए।
हस्तान्तरण कार्यक्रममा काँग्रेस पैयुँपटाका सभापति चन्द्रबहादुर खत्री, अमलचौरका सभापति कोपिलामणी शर्मा, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल, र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । हालै भारतबाट आएका अमलाचौरको पृथ्वी हिरण्य माविमा रहेको क्वारेन्टिनमा १७ जना छन भने पैयुँपाटामा रहेको त्रिभुवन माविको क्यारेन्टीनमा १६ जना रहेको पैयुँपाटा स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट सुशिल पौडेलले जानकारी दिए । उनिहरुको व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका र वडा कार्यालयले सहयोग गरेको छ ।