काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ७१ लाख १२ हजार १९८ पुगेको छ । २४ घण्टामा १ लाख २१ हजार ७५१ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी ब्रजिलमा ३१ हजार १९७ जना संक्रमित बढेका छन् । अमेरिका दोस्रो स्थानमा रहेको छ । अमेरिकामा १९ हजार ५६ जना संक्रमित भएका छन् ।
तेस्रो स्थानमा भारत रहेको छ । भारतमा १० हजार १२६ जना संक्रमित थपिएका छन् । तेस्रो स्थानमा रुस रहेको छ । रुसमा ८ हजार ५९५ जना संक्रमित थपिएका छन् । पाकिस्तान चौथो स्थानमा रहन गयो । पाकिस्तानमा एकैदिन ४ हजार ६४६ जना बढेका छन् ।
चिलीमा ३ हजार ९१३ जना संक्रमित थपिएका छन् । साउदी अरेबियामा ३ हजार २८८ जना संक्रमित हुँदा बंगलादेशमा ३ हजार १७१ जना थपिएका छन् ।
२४ घण्टामा ४ हजार ७६३ जनाको ज्यान गएको छ । सबैभन्दा बढी ब्रजिलमा १ हजार १८५ जनाको ज्यान गएको छ । अमेरिकामा १ हजार ९३, मेक्सिकोमा ३५४, बेलायतमा २८६, भारतमा २७२, रुसमा १७१ जनाको ज्यान गएको छ ।
अहिलेसम्म कहाँ कति संक्रमित
अमेरिकामा २० हजार ४५ हजार ५४९, ब्रजिलमा ७ लाख ४२हजार ८४, रुसमा ४ लाख ८५ हजार २५३, बेलायतमा २ लाख ८९ हजार १४०, स्पेनमा २ लाख ८९ हजार ४६ जना संक्रमित भएका छन् ।
भारतमा २ लाख ७६ हजार १४६, इटालीमा २ लाख ३५ हजार ५६१, पेरुमा २ लाख ३ हजार ७३६, जर्मनीमा १ लाख ८६ हजार ५१६ तथा इरानमा १ लाख ७५ हजार ९२७ जना संक्रमित भएका छन् ।
मृत्यु कहाँ कति ?
अमेरिकामा १ लाख १४ हजार १४८, बेलायतमा ४० हजार ८८३, ब्रजिलमा ३८ हजार ४९७, इटालीमा ३४ हजार ४३, फ्रान्समा २९ हजार २९६, स्पेनमा २७ हजार १३६ जनाको ज्यान गएको छ ।
मेक्सिकोमा १४ हजार ५३, बेल्जियममा ९ हजार ६१९, जर्मनीमा ८ हजार ८३१, इरानमा ८ हजार ७२९ र भारतमा ७ हजार ७५० जनाको ज्यान गएको छ ।