arrow

कोभिड बाँध फुटेजस्तै फुट्यो – प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
kp-sharma-oli.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाँध फुटेजस्तै फुटेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले नसोचेको गतिमा कोभिड फैलिएको भन्दै त्यसलाई व्यवस्थित गर्न समस्या भएको बताए । 

तर उनले पहिलो संक्रमणको टेष्ट विदेशमा गराएको र आज देशमा २१ वटा परीक्षण स्थल रहेको बताए । 

उनले महामारीजस्तो विषय दलीय विषय नभएको बताए । ‘यो मानवीय विषय हो । यो सरकारको मात्र विषय हैन’ उनले भने । 

प्रधानमन्त्री ओलीले बजेट कोभिडमै आधारित भएको बताएका छन् । तर कोरोनाबारे बजेटमा कुनै उल्लेख नभएको भन्दै सांसदहरुले अर्थमन्त्रीको चर्को आलोचना गरेका थिए । 

लाइभ हेरौं–


 



लोकप्रिय समाचार
नयाँ