काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नका लागि स्थानीय प्रतिनिधिले कोभिड–१९ को स्थिति कुरेर नसकेको बताएका छन् ।
कोभिड–१९ को मामलामा भ्रष्टाचार भन्ने सांसदहरुको चर्को आलोचनालाई सहज पार्दै प्रधानमन्त्री ओलीले आन्तरिक लेखा परीक्षणदेखि लिएर सबै किसिमका हिसाब भएका हुन्छन् भन्दै पैसाको चिन्ता नगर्न आग्रह गरे ।
सांसदहरुले १० अर्ब रुपैयाँ कोरोनाको नाममा भ्रष्टाचार भएको आरोप लगाइरहँदा उनले त्यसको बचाउ गर्दै कहीं कतै भएको भए त्यसलाई कार्वाही गरिने बताएका छन् ।
तर चार लाख पर्ने मेसिनलाई १४लाख रुपैयाँमा लिइएको समेत आरोप लागेको छ । त्यसको ओलीले सजिलै बचाउ गरेका छन् ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाटै सामग्री ल्याउँदा भ्रष्टाचार गरेको भन्ने समाचार आएपछि त्यो ओम्नी कम्पनीसंग जोडिएको सम्झौता नै खारेज भएको थियो ।
ओलीले यसअघि नै ओम्नीलाई आफूले नचिन्ने बताएका थिए । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि उनले भ्रष्टाचार नभएको भनेसंगै अहिलेसम्मका सबै गतिविधिलाई सामान्य रुपमा लिएको स्पष्ट भएको छ ।