arrow

मोरंगमा ८ संक्रमित भेटिए

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
covid-test-positive-corona.jpg

मोरंग । मोरंगमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरंगको रतुवामाई नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

रतुवामाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना  पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ  । बुधबार ८ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । 

रतुवामाई नगरपालिकाको सौठा माविको क्वारेन्टाइनमा बसिरहेका ३ जना र सरस्वती मावि इटहरा क्वारेन्टाइनमा बसिरहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले ३५० जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेको १० दिनपछि कोरोना जाँच गर्दा ८ संक्रमित भेटिएका हुन् । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।



लोकप्रिय समाचार
नयाँ