arrow

बालिका करणीको आरोपमा सेफ पक्राउ

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
Child-rape.jpg.jpeg

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाकी बालिकालाई बलात्कार गरी फरार रहेका एक युवक बुधबार पक्राउ परेका छन् ।

गत वैशाख ३ गते बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका शिवराज– ८ का २१ वर्षीय सकिलअलि सेफलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए । 

सेफलाई गोप्य सूचनाका आधारमा विजयनगर गाउँपालिका वडा नं ३ पत्थरदेहियाबाट पक्राउ गरिएको जनाइएको छ । 

अभियुक्त सेफलाई सहयोग गरेको अभियोग लागेकी एक महिलालाई जिल्ला अदालतले केही दिनअघि रु ५० हजार धरौटीमा रिहा गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ