नवलपरासी पश्चिम। नवलपरासी पश्चिम जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ४ बर्दघाटेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककाे मृत्यु भएकाे छ।
दुर्घटना भएपछि गम्भीर अवस्थामा रहेका चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठाएपनि अस्पतालले मृतकाे घाेषणा गरेकाे सरावल गाउपालिका वडा न ७ का वडाअध्यक्ष हेयात खाँ धुनियाले जानकारी दिए ।
मृत्यु हुनेमा चालक सरावल गाउपालिका वडा नं ७ भुजहवा बस्ने अन्दाजी ३० बर्षिय दिनेश यादव हुन्। जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं ४ काे बर्दघाटे गाउँदेखि बसहियातर्फ जाँदै गरेकाे लु १ त ६८८६ नम्बरकाे ट्याक्टर दुर्घटना भएकाे हाे ।
ट्याक्टर तिब्र गतिमा रहेकाे अवस्थामा अगाडिकाे पाङ्ग्राा अचानक पड्केपछि ट्याक्टर अनियन्त्रित हुँदा सो दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारी इन्चार्ज खुमान्नद पाण्डेले जानकारी दिए।