arrow

१० अर्ब खर्च भएको मध्येको एक क्वारेन्टाईन, यातना केन्द्र बन्दै सरकारी क्वारेन्टाईन

पशु सरह व्यवहार भएको गुनासो

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
qurantine3.jpg

रुपन्देही। कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका नाममा सरकारले बनाएका क्वारेन्टाइन यातना केन्द्रका रुपमा रुपान्तरण भएपछि त्यहाँ वसेकाहरुले निकै सास्ती भोग्नु परेको नौलो भएन। अझ यस्तै यातना केन्द्र सहितको उपचारमा १० अर्ब खर्च भएको बताइएपछि धेरैलाई यो पचेको छैन। 

पछिल्लो समय क्वारेन्टाइनमा वसेका नागरिकहरुले छानाबाट पानी चुहिएर सुत्न नसेको र सुतेको ठाउँमा सर्प आउने गरेपछि उनीहरु त्रासमै रात गुजार्नु परेको गुनासो गर्न थालेका छन्। कतै कोरोना भाईरसले भन्दा सर्पदंशको कारणले ज्यान जाने त होईन भन्ने चिन्ता सताएको क्वारेन्टाइनमा वसेकाहरुको दुखेसो छ ।
    
यो समस्या दाङको घोराही उपमहानगरपालिका वडा नं.५ धर्नास्थित जनता प्रावी विद्यालय डाँगीगाउँमा स्थापना गरिएको क्वारेन्टाईन जस्ता कैयन क्वारेन्टाईनको हो । जहाँ रोजगारीका लागि छिमेकी मुलुक भारतबाट गाउँ फर्किएका ९ जना पुरुषहरु रहेको सोही क्वारेन्टाईनमा वसेका स्थानिय रेमन्त केसीले जानकारी दिएका छन् । 

केसीका अनुसार क्वारेन्टाईन भनी राखिएको विद्यालयको छानोबाट सामान्य पानी पर्दा पनि पानी चुहिएर वस्न, सुत्न समस्या भएको दुखेसो पोखे । साथै अर्का मोहनविक्रम वुढाथोकीले पनि क्वारेन्टाईको अवस्था निकै जिर्ण रहेको वताउँदै सर्पको त्रासले ढुक्क भएर वस्न पनि जोखिम वढेको वताए । 

सुत्नलाई एउटा वेडको समेत व्यवस्था छैन् सरकार गाउँ गाउँमा सिंह दरवार आउँछ भनेको यही रहेछ । सरकारले कोरोना नियन्त्रणमा खर्च गरेको १० अर्व रुपैयाँ यस्तै क्वारेन्टाइन वनाउँदा सकिएको हो भनी आक्रोस पोखेका छन् ।

उनीहरुले भने, घोराही उपमहानगरपालिका ५ को वडा कार्यालयलाई गुनासो गर्दा वडाध्यक्षले वडामा पैसा नभएको र सरकारले क्वारेन्टाईन व्यवस्थापनका लागि रकम उपलब्लध नगराएको भनी जवाफ दिएको जनाउँदै, आफुहरुलाई पशु सरह व्यवहार गरेको वताएका छन् । 

उनीहरुले यस्तै अवस्था रहे आफुहरु घर फर्किन वाध्य हुने वताएका छन् । साथै उनीहरुले शौचालयमा पानी भरिएर शौच गर्न गाह्रो हुनुको साथै दुर्गन्धले अर्काे कुनै महामारी निम्त्याउने होकी भन्ने शंका लाग्न थालेको जनाएका छन् ।



लोकप्रिय समाचार
नयाँ